Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदुर नीतिका यी ४ कुराले मानिसलाई सधै धनी बनाउन मद्दत गर्छ जान्नुहोस् !

आम मानिसलाई धन कमाउन धेरै मन लाग्छ । पैसा कमाउनकै लागि मानिसले आफ्नो जीवनकाल भरी मेहनत गरेका हुन्छन् र कति मानिस सफल भएका हुन्छन् भने कति मानिस असफ भएका हुन्छन ।

अहिलेको बर्तमान समयमा धन सबै भन्दा ठूलो कुरा बनेको छ । पैसा नै सबथोक हो भन्ने भएको छ । कति मनिसले पैसा कमाउँछन् तर बचाउन सक्दैनन फलस्वरुप उनिहरुको अवस्था जस्ताको तस्तै हुने गर्छ ।

आजको हाम्रो सांसरिक जीवन पैसा बिना व्यर्थ छ । त्यसकारण हामीले धन कमाउनु मात्र ठूलो कुरा हैन धनलाई बचाउनु पनि महत्वपूर्ण मानिन्छ । अहिले धरै मानिसहरुले धेरै कमाएपनि बचाउन नसकेको गुनासो गर्छन् ।

हिन्दु महाग्रन्थ अनुसार महाभारतको विदुर नीतिमा धन कमाउन ४ कुरामा ध्यान दिनु पर्ने बताएका छन् । यी तरिका अपनाएर ज्ञानी र अल्पज्ञानी दुवै धनवान बन्न सक्छन् ।

-धनको राम्रोसँग वचत गर्नुपर्छ । यदि हाम्रो आय बढ्नाले धन बढ्छ । सही कार्यमा लगानी गर्नाले निश्चित लाभ हुनेछ ।

-चतुर्याई पुर्वक धनको उपयोग गरेर कार्य गर्दा आय व्ययको विशेष ध्यान राख्नाले धनको वचत हुनेछ । र धन बढ्दै जानेछ । यसले धनको सन्तुलन बनाउनेछ ।

-शुभ तथा मंगल कार्यबाट स्थायी रुपमा लक्ष्मीले बसोबास गर्छिन् । परिश्रम र इमानदारीले गरेको कामको धन सुरक्षित रहन्छ

-अन्तिम तरिका मानसिक, शारिरीक र वैचारिक संयम राख्नाले धनको रक्षा हुनेछ । यसको मतलब सुख पाउन र शोक पुरा गर्ने चाहानामा धनको दुरुपयोग गर्नुहुँदैन । धनलाई घर परिवारको आवश्यक चिजमा मात्र खर्च गर्नुपर्छ । धार्मिक ग्रन्थ

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्