Logo
३१ बैशाख २०८१, सोमबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईको रोग प्रतिरोधी क्षमता कम छ ? बढाउन यी ११ खानेकुरा खानुहोस् !

अहिलेको बद्लिदो समयमा आफूलाई स्वस्थ राख्नु महत्वपूर्ण मानिन्छ । बर्तमान समयमा जलवायु परिर्वतनसँगै वायुमण्डलमा धेरै धुवाप्रदुषण बढेको छ । वायुप्रदुषण नेपालका मुख्य शहरमा पनि बढी रहेको छ ।

यस्तो अवस्थामा हामीले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन आवश्यक छ । उक्त क्षमता बढाउनको लागि हामीले सही किसिमको खानपान हुनु पनि अत्यावश्यक रहेको छ ।

यदि हाम्रो कमजोर प्रतिरोधी क्षमता छ भने हामीलाई निकै छिटो र सजिलो संक्रमण सर्ने गर्छ । जस्तै कोरोना, रुघा–खोकी, भाइरल जस्ता रोगको शिकार बनिन्छ ।

यस्तोमा शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ ।आज हामी तपाईलाई रोगसँग लड्ने प्रतिरोधी क्षमतालाई बलियो बनाउन मद्दत गर्ने केही खानेकुराबारे जानकारी दिन गईरहेका छौं ।

ब्रोकली-

ब्रोकलीमा भिटामिन ए, सी र ई, फाइबर र अन्य विभिन्न एन्टिअक्सिडेन्ट पाइन्छ । ब्रोकली सबैभन्दा स्वस्थ सब्जीमध्ये एक हो । यसलाई उसिनेर वा काँचो काँचै खानु राम्रो मानिन्छ । यसो गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन पाउँदैन ।

अमिलो-गुलियो फलफूल-

अमिलो–गुलियो फलफूलमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । भिटामिन सीलाई सेतो रक्त कोसिकाको उत्पादन बढाउनका लागि महत्वपूर्ण मानिन्छ जसले शरीरलाई संक्रमणबाट लड्न मद्दत गर्छ । सिट्रस फ्रुटमा अंगुर, सुन्तला, कागतीलगायतका खानेकुरा पर्छन् । महिलाले दैनिक ७५ मिलिग्राम र पुरुषले ९० मिलिग्राम भिटामिन सी लिन सक्छन् ।

लसुन-

लसुन लगभग सबै सब्जीमा हालेर खाने गरिन्छ । यसमा जिंकको प्रचुर मात्रा हुने भएकोले यसले संक्रमणबाट लड्न मद्दत गर्छ । यसका साथै यसले रक्तचाप पनि नियन्त्रण गर्छ । लसुनमा सल्फरयुक्त एलिसिन पाइन्छ जसले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

रातो क्याप्सिकम-

सिट्रस फ्रुटको तुलनामा रातो क्याप्सिकममा तीन गुणा बढी भिटामिन सी हुन्छ । क्यारोटिन प्रचर मात्रामा पाइन्छ । यसले प्रतिरोधी क्षमता बलियो बनाउनुका साथै भिटामिन सीले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । बिटा क्यारोटिनले आँखालाई पनि स्वस्थ राख्छ ।

भिटामिन इ-

भिटामिन इले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र रुघा–खोकीबाट लड्न मद्दत गर्छ । बदाममा भिटामिन ईका साथै स्वस्थ फ्याट पाइन्छ । दैनिक आधा कम बदाम खाँदा भिटामिन इ को कमी पूरा गर्न सकिन्छ ।

अदुवा-

अदुवामा एन्टी इन्फ्लेमेट्ररी र एन्टी वायरल गुण हुन्छ जसले घाँटीको समस्या कम गर्नु मद्दत गर्छ । अदुवाले रुघा–खोकी निको पार्न पनि निकै मद्दत गर्छ । यसमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने शक्ति पनि पाइन्छ ।

पालुङ्गो-

पालुङ्गोमा भिटामिन सीमात्रै होइन एन्टिअक्सिडेन्ट र बिटा क्यारोटिन पनि हुन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई बलियो बनाएर संक्रमणसँग लड्न मद्दत गर्छ । ब्रोकलीझैं पालुङ्गो पनि त्यति नै स्वस्थ छ । यसको पोषक तत्वलाई कायम राख्नका लागि यसलाई पूर्ण रुपमा नपकाउनुहोस् ।

ग्रीन टी 

हरियो वा कालो चिया दुबैमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । ग्रीन टीमा एल–थीयामीन पाइन्छ जसले रोगसँग लड्न मद्दत गर्छ ।

दही-

विज्ञका अनुसार दहीमा भिटामिन डी भरपुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढाउँछ, शरीरलाई कुनै पनि संक्रमणको खतराबाट जोगाउँछ ।

बेसार-

बेसार हरेक घरमा प्रयोग हुने मसाला हो । बेसारमा एन्टी इन्फ्लेमेटरी, एन्टी वायरल आदि गुण पाइन्छ । त्यसैले यसलाई वर्षौंदेखि अस्टियोअर्थराइटिस र रुमेटीइड आर्थराइटिसको उपचारका लागि उपयोग गरिन्छ । बेसारमा पाइने करक्यूमिनले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।एजेन्सी

 

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्