Logo
६ जेष्ठ २०८१, आईतबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा टाउको नभएको अवस्थामा भेटियो शव

प्रदेश नं २ स्थित बाराको जितपुरसिमरामा टाउको नभएको अवस्थामा एउटा शव फेला परेको छ ।

आज बाराको जितपुरसिमरा-१० मा टाउको नभएको अवस्थामा एउटा शव फेला परेको हो । आज शुक्रबार भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले बताएको छ ।

प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । उनको शव हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । २ नं. प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी छ ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्