Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा ३ किलो गाजासहित प्रिन्स पटेल पक्राउ

प्रदेश नं २ स्थित वीरगञ्जमा ३ किलो गाजासहित एक व्यक्तिलाई पहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ७ बजे वीरगञ्ज ११ स्थित अल्पाईन बोर्डिङ स्कुल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरगञ्ज १८ बस्ने १९ वर्षीय प्रिन्स पटेललाई पक्राउ गरिएको हो ।
ना.४६ प.५३२९ नम्बरको मोटरसाईकल रोकी चालक पटेलको शरीर तथा सवारी साधन खानतलासी गर्दा कालो ब्यागमा ३ किलो लागु औषध गाजा फेला परेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

मोटरसाईकल तथा लागु औषध गाजा सहित लागु औषध कसुर मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्