Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवरात्रीको दिन पशुपति क्षेत्रमा सवारी सञ्चालनमा रोक, यस्तो छ सवारी रुट!

बिहीबार शिवरात्रि पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका विभिन्न क्षेत्रमा चल्ने सवारी साधनमा रोक लगाएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने हुनाले सो क्षेत्र भएर चल्ने सवारी साधनको लागि अन्य रुटहरूको व्यवस्था गरी उक्त क्षेत्रमा सवारी साधन निषेध गरिएको महाशाखाले जनाएको छ ।

बिहीबार महाशिवरात्रीको दिन पशुपतिनाथमा भव्य मेला लाग्ने छ । हिन्दुधर्मावलम्बीहरु देश विदेशबाट पशुपतिनाथको दर्शन गर्न आउने छन् ।

मेलालाई ध्यानमा राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरेको छ ।

महाशाखाले महाशिवरात्रीमा चक्रपथमा सवारी अवागमन सुचारु गर्ने जनाएको छ । महाशाखाले दर्शनार्थीको अत्यधिक चाप भएमा पशुपतिक्षेत्र आसपास गौशलामा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।

महाशाखाले बुधबार सूचना जारी गर्दै दर्शनार्थीको अत्याधिक भीड भए बिहीबार सवारी आवागमन बन्द हुने क्षेत्रबारे जानकारी गराएको छ ।

चावहिलबाट गौशला, पुरानो बानेश्वरबाट गौशला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशला, तिलगंगाबाट गौशला, द्धारिका होटलतर्फको उतरतिरको शाखा मार्ग, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपा तर्फलगायत क्षेत्रमा सवारी आवागमन बन्द हुने महाशाखाले जानकारी दिएको छ ।

यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

चक्रपथ चल्ने गाडी महाराजगञ्ज तर्फबाट आएका चावहिलबाट र कोटेश्वरतर्फबाट आएका सवारी साधन तिलगंगाबाट फिर्ता हुनेछन् । त्यस्तै बौद्धबाट आएका सवारी साधन चावहिलबाटै फिर्ता हुनेछन् ।

दर्शनार्थीहरुलाई तिलगंगा, सिफलचौर, गुहेश्वरी पारि, देवउद्यान स्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्