Logo
६ जेष्ठ २०८१, आईतबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं भ्यु टावरका संचालक मनोज भेटवाल अख्तियार परिसरबाटै पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वच्छन्द विकोइ विल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई आफ्नै परिसरभित्रबाट पक्राउ गरेको छ ।

काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको स्वच्छन्द विकोइ विल्डर्स प्रालिका प्रमुख भेटवाललाई वयानमा बोलाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नै परिसरभित्रबाट पक्राउ गरेको छ ।

कर्मचारीसमेतको मिलेमतोमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ५० लाख ऋण लिएर नतिरेको तथा भ्रष्टाचार गरेको काण्डमा आयोगले भेटवाललाई वयानका लागि बोलाएको थियो ।

बैंकिङ ठगी काण्डमा वयानका लागि अख्तियार पुगेका उनलाई आयोग टोलीले पक्राउ गरेको हो ।नौ वर्षअघि भएको ठगी काण्डमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

कर्मचारी, सेयरधनी, ऋणी लगायतका आरोपितहरूलाई वयानमा हाजिर हुन गत मंसिरमा नै सार्वजनिक सूचना जारी गरेको थियो ।

यो कम्पनी अहिले अस्तित्वमा छैन । रोयलसहित अपि फाइनान्स र रारा डिभलपमेन्ट बैंक गाभिएर एपेक्स डिभलपमेन्ट बैंक बनेका थिए । एपेक्स पनि पनि एपेक्स नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा गाभिएको थियो ।

कर्मचारीसमेतको मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेर एक अर्ब भन्दा बढी घोटाला भएको थियो । मर्चेन्टमा सरकारको समेत सेयर हिस्सा थियो ।

यसअघि राजस्व छली गरेको अभियोगमा १५ साउन ०७६ मा राजस्व अनुसन्धान विभागले उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्