Logo
१५ बैशाख २०८१, शनिबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाउँठाउँका पार्टी कार्यालयमा एमालेको झण्डा फहराईयो

देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको छ।

नेकपा एमाले पुनर्स्थापित भएको भन्दै नेकपाका कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको हो।

नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता-कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन्।

नुवाकोटमा ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्। तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।

उक्त कार्यका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौंबाट नुवाकोट पुगेका थिए।

आजै नेकपा मोरङको कार्यालयमा एमालेको बोर्ड लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समर्थक नेता कार्यकर्ताहरुले नेकपा एमालेको साइनबोर्ड पार्टी कार्यालयमा लगाएका हुन् ।

पर्यटन मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल गुरु बरालसहितका नेताहरुले एमालेको बोर्ड टाँगेका हुन्। एमालेको बोर्ड टाँगेपछि पूर्व एमालेका कार्यकर्ताहरुले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्