Logo
२ जेष्ठ २०८१, बुधबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको व्यवहारप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

आइबार बसेको प्रतिनिधि सभाको बैठकमा देखिएको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर असन्तुष्टि प्रकट गरेका छन् ।साथै ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बालुवाटारमा आइतबार साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधि सभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाए।

सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईका अनुसार प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन्।प्रतिनिधि समाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु पर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको भट्टराई बताउँछन्।

‘संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभएको छ,’ उनले भने।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उनले बताए।

पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्च्याएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले गम्भीर सम्बोधन गरेको उनको भनाइ छ।

सर्वोच्चको फैसलापछि पार्टीको अवस्था साबिकरुपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का रुपमा पुगेको प्रधानमन्त्रीको भनाइ थियो।

बैठकमा प्रतिनिधि सभाको पुनः स्थापनाको फैसला जस्तै आइतबारको फैसलालाई समेत कार्यान्वयन गरेर जाने निर्णय भएको नेता भट्टराईले बताए।रासस

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्