Logo
२ जेष्ठ २०८१, बुधबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद अधिवेशनमा प्रचण्ड-नेपाल पक्ष सत्तापक्षकै कुर्सीमा बस्ने

संसद सचिवलायले सत्तारूढ दल नेकपा बर्तमान समयमा राजनीतिक विभाजित भएपनि कानुनीरुपमा अलग भइनसकेकोले प्रचण्ड-नेपाल पक्ष सत्तापक्षकै कुर्सीमा बस्ने जनाएको छ ।

सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले हाउसमा सत्तापक्षको लाइनमा नै बस्ने गरि सिट व्यवस्थापन गरिएको बताए।

‘सचिवालयले सत्तापक्षका सबै माननीयलाई चार वटा लाइनमा बस्ने व्यवस्था गरेको छु, पाण्डेले भने, ‘त्यो भन्दा फरक व्यवस्था गरिएको छैन।’

उनले दलको कारवाहीको पत्राचार जानकारीका रुपमा मात्र रहने बताए। ‘सचिवालयले मान्यता दिने नदिने भन्ने अधिकार सचिवालयले राख्दैनु, पाण्डेले भने, ‘आयोगबाट विभाजनको पत्र अहिलेसम्म आएको छैन। हामीले बुझ्ने भनेको कानुनत सत्तारुढ दल एउटै छ भन्ने बुझ्ने हो।’

संसद सचिवालयले एकीकृत भएको जनता समाजवादी पार्टीका लागि भने सिट व्यवस्थापन मिलाएको छ।

संसद सचिवालयले नेकपाको संसदीय दलको नेता केपी शर्मा ओलीले देव गुरुङ्लाई हटाएर विशाल भट्टराई प्रमुख सचेतक बनेको जानकारी प्राप्त भएको जनाएको छ।

सचिवलायका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधि सभाबाट अनुमोदन भएका सदस्यहरू कार्यव्यवस्था समितिमा रहने प्रचलन रहेको बताए।

उनले नयाँ नियुक्ती भएका प्रमुख सचेतक समितिमा रहनुपर्ने बाध्यात्मक अवस्था नरहेको बताए। तर सभामुखले आमन्त्रण गर्न सक्ने बताए।

उनले पुरानो प्रमुख सचेतकका रुपमा देव गुरुङले पनि सेवा सुविधा पाइरहेको बताए। साथै नयाँ प्रमुख सतेककले पनि सेवा सुविधा पाइरहेको बताए। संक्रमणकालमा यस्तो हुन्छु, पाण्डेले भने। स्रोत : सेतोपाटी

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्