Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा प्रहरी र तस्करबिच गोली हानाहान, एक जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरमा प्रहरी र तस्करबिच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहामा प्रहरी र तस्करबिच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नेपाल-भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्कर समूहले गोली चलाएपछि जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको र एक प्रहरी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । मृतक भारतीय नागरिकको सनाखत भने हुन सकेको छैन ।

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्