Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ममाथि शारीरिक हमला र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका हुन् ।

ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले आफूमाथि सम्पूणरुपले प्रहार भएको साथै शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला भनेका हुन् ।

उनले भने, ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ।

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्