Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा संसद् अधिवेशन फागुन २३ गते आह्वान

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे संसद् अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संसद् अधिवेशन आह्वान गरेकी हुन् ।नेपाल सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्