Logo
१९ बैशाख २०८१, बुधबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षीलाई ‘काउन्टर’ दिनेगरी रणनीति बनाउन पाँच तारे होटलमा ओली पक्षीय संसद्हरुको भेला !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुको राजधानीको पाँच तारे होटलमा भेला भएका छन् ।

शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा भएको भेलालाई सो समूहले अनौपचारिक छलफल भनेको छ।

‘हामी केही साथीहरुबीच याक एन्ड यतीमा केहीबेर सामान्य र अनौपचारिक छलफल भएको हो,’ ओली पक्ष सांसद डा. सूर्य पाठकले भने। उनले भेलामा कति सांसद सहभागी थिए र के कुरा भयो भन्ने चाहिँ खुलाउन चाहेनन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको छ। अदालतको आदेशपछि बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन ओली पक्षले छलफललाई तीव्रता दिएको छ।

प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएकाे छ। नेकपाकाे प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला ओली पक्षले त्यसलाई कसरी ‘फेस’ गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको छ।

नेकपाका दुवै पक्ष अहिले सांसदहरु आफ्नो समूहमा तान्ने प्रयास गरिरहेका छन्।

एकीकृत नेकपाका १ सय ७४ सांसदमध्ये ओली पक्षमा ८० बढी छन् भने प्रचण्ड–नेपाल पक्षमा ९० बढी सांसद रहेको उनीहरुले दाबी गरिरहेका छन्।

अर्को समूहका सांसदहरुलाई आफूतिर तान्ने र आफ्नो पक्षमा भएका सांसदलाई कतै जान नदिनका लागि दुबै पक्षले भेला र छलफललाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्