Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड-नेपालको राजनीति नैतिकरुपले धरासायी भएको छ : महेश बस्नेत

नेकपाका सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रचण्ड-नेपालको पछिल्ला गतिविधिले राजनीति नैतिकरुपले धरासायी भएको बताएका छन् ।

उनीहरु केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीको रुपमा स्वीकार्न पनि नसक्ने, सार्वजनिक रुपमा भावी प्रधानमन्त्री म हुँ भनेर बोल्न पनि नसक्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ ।

पूर्व मन्त्री बस्नेतले खुला रुपले वर्तमान परिस्थितिलाई स्वीकार गर्न नसक्दा प्रचण्ड नेपाल ठुलो राजनीतिक संकटमा फसेको बताएका हुन् ।

बस्नेतले कांग्रेसलगायत अन्य दलका नेतालाई उचालेर प्रधानमन्त्रीको अफर गर्ने उनीहरु ठुलो राजनीतिक संकटमा फसेको बताए ।

‘सर्वोच्चको फैसला आइसकेपछि उहाँहरुले लड्डु खाएर रातो पोतेर विजय जुलुस त मनाउनुभयो’ बस्नेतले भने, ‘उहाँहरु पार्टीभित्र एक भएर बस्न पनि नसक्ने र फुटेको पनि भन्न नसक्ने गोलचक्करमा हुनुहुन्छ ।’

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आइनसकेको बेला प्रधानमन्त्रीको राजीनामा माग गरेर उनीहरुले अराजनीतिक कुरा गरेको बस्नेतले आरोप लगाए ।

बस्नेतले  एक अर्को प्रसंगमा भने प्रचण्ड-नेपालले सासंदहरु किनबेच गर्ने संभावनाका ढोकाहरु खुला भएको संकेत देखिएको पनि बताए ।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्