Logo
१५ बैशाख २०८१, शनिबार
(February 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका दुवै समूहसँग नेपाली कांग्रेसले तत्काल सहकार्य नगर्ने

नेकपाका दुवै समूहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल सहकार्य नगर्ने भएको छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सरकारमा सहभागी हुने–नहुने वा नेकपाको कुन समूहसँग गठबन्धन गर्ने भन्ने विषयमा छलफल नगरेको जानकारी दिए ।

“अहिलेसम्म कानुनीरुपमा नेपाल कम्युनिष्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन्,” कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भने, “त्यसैले कुन नेकपासँग सहकार्य गर्ने, सरकारमा जाने कि नजाने जस्तो विषयमा हामी छलफलमै प्रवेश गरेका छैनौँ ।”

उनले त्यस्तो सहकार्यका विषयमा छलफल गर्नु कांग्रेसका लागि हतारो हुने बताए । “उहाँहरु विभाजित भएर फरक–फरक पार्टी बनाउनुहुन्छ कि, फेरि ओलीजीकै निरन्तरता दिनुहुन्छ कि, विकल्प खोजेर कम्युनिष्ट पार्टीकै सरकार बनाउनुहुन्छ त्यो उहाँहरुले नै प्रष्ट पारिसकेको अवस्था छैन,” डा. महतले भने, “जब उहाँहरु नै प्रष्ट भइसक्नुभएको छैन, कानुनी आधार तयार पारिसक्नुभएको छैन भने हामीले सहकार्य गर्ने कि नगर्ने भन्ने कुरामा छलफल गर्नुको के औचित्य हुन्छ ?”

उनले उचित समय र आवश्यकता भए पनि कांग्रेसले परिपक्व निर्णय गर्ने बताए ।

प्रकाशित मिति: Feb 25, 2021

प्रतिक्रिया दिनुहोस्