Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाको बारपाकमा भेटिए एकै परिवारका तीन जना मृत अवस्थामा

गण्डकी प्रदेश स्थित गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताएका छन् ।

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।

उनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ।’

घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

प्रकाशित मिति: Feb 22, 2021

प्रतिक्रिया दिनुहोस्