Logo
२३ बैशाख २०८१, आईतबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च जाँदै

अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा जाँदै छन् ।प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम रेहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध गत माघ ११ गते अपहेलनाको मुद्दा पेश गरेका थिए।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्।प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

 

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्