Logo
२३ बैशाख २०८१, आईतबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि कांग्रेस केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठककले संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्