Logo
२३ बैशाख २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेचिलो बन्यो ‘नेकपा विवाद’ सूर्य चिन्ह ‘फ्रिज’ बारे निर्वाचन आयोगमा छलफल

कानून अभावमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बनेको छ । कनून अभावका कारण निर्वाचन आयोगलाई उक्त विवादको गाठो फूकाउन निकै कठिन भएको देखिएको छ ।

निर्वाचन आयोगमा नेकपा ओली समूह र प्रचण्ड–माधव दुवै पक्षले आधिकारिकता दावी गरेपछि आयोग सकसमा परेको हो । सामान्यतया दल ऐनअनुसार बहुमत पक्षलाई आधिकारिकता दिनुपर्ने भएपनि संसद बिघठन घटनाका कारण आयोगलाई विावाद फूकाउन निकै गाह«ो परेको हो ।

कानूनमा दलको केन्द्रिय समिति र संसदीय समति भन्ने शव्द उल्लेख भएपनि संसद नभएका बेलामा के गर्ने भन्नै छैन ।

सरकारले निर्वाचन घोषणा गरिसकेको र निर्वाचन प्रक्रिया तीव्र पार्न दवाव दिइरहेको अवस्थामा आयोगले दल विवादबारे निर्णय गर्न नसक्दा आयोगको आलोचना समेत हुँदै आएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आयोगको केन्द्रीय कार्यालय पुगेर निर्वाचन प्रक्रिया तीव्र पार्न भनेका थिए । प्रधानमन्त्रीले सुझावका रुपमा आयोगलाई यस्तो भनेपनि निर्वाचन चिन्ह र नेकपाको वैधानिकता कसलाई र कुन आधारमा दिने भन्नेमा आयोगले निर्णय गर्न सकेको छैन ।

सरकारको निर्वाचन मिति घोषणाअनुसार अब अढाई महिना पनि समय छैन । यस्तो बेलामा आयोगलाई निर्वाचन आचारसंहिता जारी गर्न सरकारी पक्षले दवाव दिइरहेको छ ।

आयोग उच्च स्रोत भन्छ, ‘नेकपाको विवाद निकै जेलिएको छ । निर्वाचन आचारसंहिता र दलको आधिकारिकताबारे आयोगले एकैपटक निर्णय गर्छ ।’ स्रोतका अनुसार यी विषयमा आयोगले विभिन्न कोणबाट छलफल गरिरहेको छ ।

जसमा नेकपामा विवादको जड रहेको सूर्य चिन्ह फ्रिज गर्ने विषयमा समेत छलफल भइरहेको छ । ‘सूर्य चिन्हबारे विभिन्न कोणबाट छलफल भइरहेको छ ।

त्यो भनेको सूर्य चिन्ह फ्रिज गर्ने र दुवै पक्षलाई अर्को चुनाव चिन्ह दिने पनि एक विकल्पका रुपमा छलफल भएको छ । यो लगायत कोणबाट पनि छलफल भइरहेकाले यसै हुन्छ भन्न सकिन्न्’, आयोग उच्च स्रोतले भन्यो, ‘अबको एक दुई दिनभित्रै आयोग टुंगोमा पुग्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेपछि आयोग पार्टीको विवाद टुङ्ग्याउने भन्दा पनि निर्वाचनको तयारीमा केन्द्रीत हुँदै आएको हो ।

दुई–तिन दिन भित्रमा आचारसंहिता जारी गर्ने गरी तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पनि बताए । राजनीतिक दलहरुसँगको छलफलबाट आएको सुझावका आधारमा नै आयोगले निर्वाचन आचार संहिता जारी गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने–‘एक–दुई दिनमा आयोगले आचार संहिता स्वीकृत गर्छ, त्यसपछि जारी गर्छ । राजनीतिक दलहरुसँग भएको छलफल र सुझावका आधारमा आचारसंहिता जारी हुन्छ ।’

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्