Logo
२३ बैशाख २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनको मिति तय गर्न कांग्रेसको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न र समसामयिक राजनीतिक परिवेशबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको महाधिवेशन यहि फागुनमा हुने भनिए पनि कोरोना भाइरसको महामारीका कारण हुन सकेन । क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनको तयारी नै हुन सकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नु पर्ने बताउँदै आएको छ ।

तर सभापति देउवाले भने भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो । तर कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले थप गरेको अवधि पनि यहि फागुन १९ मा सकिँदै छ ।

यस्तै बैठकमा कांग्रेसले यसअघि गरेको देशव्यापी विरोध प्रदर्शन र बैतडीमा हिजो आफ्ना कार्यकर्तामाथि भएको आक्रमणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्