Logo
२३ बैशाख २०८१, आईतबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड भन्छन् : ‘म शान्तिपूर्ण राजनीतिमा रहन्छु, अतिवादमा जान्नँ’

नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।

चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने जिकीर गरेका छन् । साथै उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु, अतिवादमा जान्नँ ।’

संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ ।

अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष प्रचण्डले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताए ।

नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने उनको भनाइ छ ।अध्यक्ष दाहालले संविधानलाई सही ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा असंवैधानिक कदमबाट ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ ।अवैधानिक चुनाव नगर्न उनले आग्रह गर्दै उनले प्रतिनिधिसभा पुनस्थापना हुने विश्वास व्यक्त गरे ।

अदालतले संसद पुर्नस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने भन्दै अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षीलाई प्राथमिकतामा राखिने बताए ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्