Logo
२३ बैशाख २०८१, आईतबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

प्रदेश नं १ स्थित मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ गाउँपालिका-१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा दर्ता भएको मुद्दामाथि आज  मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङले जानकारी दिएको छ ।

शिक्षक श्रेष्ठलाई चन्दा नदिएको र सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए ।

प्रहरीले अनुसन्धानपपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रतिवादी ४१ जनामध्ये एक जनामात्रै पक्राउ परेका छन् । शिक्षक हत्या आरोपमा चन्द समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई चन्दा उठाउने क्रममा प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक श्रेष्ठको गत मंसिर २३ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । श्रेष्ठको हत्यको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्