Logo
९ जेष्ठ २०८१, बुधबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको अवहेलना मुद्धामा ४ पूर्वप्रधानन्यायाधीशद्वारा लिखित जवाफ पेश

अदालतको अवहेलना मुद्धामा चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा लिखित जवाफ पेश गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज आफै उपस्थित भएर सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन् भने शर्माले छुट्टै जवाफ पेश गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।

त्यसको प्रारम्भिक सुनुवाइ गर्दै माघ १५ मा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीको संयुक्त लिखित जवाफ यस्तो छ (पूर्णपाठ)

 

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्