Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईको घरमा वास्तुदोषको समस्या छ भने फिटकिरीलाई यसरी गर्नुहोस् प्रयोग !

घरमा हरेका स-साना चिजको विषयमा बास्तुको महत्व धेरै रहेको हुन्छ त्यही कारण मानिसहरुले घर सर्दा खेरी वास्तु देखाउने गर्छन् ।

वास्तुको नियममा घरको विषयमा थुप्रै कुरा समावेश छन् । यदि घरमा कुनै प्रकारको बास्तु् दोष छ भने त्यस घरमा नकरात्मक उर्जा प्रवाह हुने गर्छ साथै घरमा सुख समृद्धिमा पनि बाधा आउने गर्छ ।

त्यस घरमा प्राय अशभ घटना घटेको हुन्छ । त्यसकारण हामीले यदि आफ्नो घरमा वास्तु दोष छ भने निवारण गर्न अनिवार्य आवश्यकता रहेको हुन्छ ।

यद्यपि, दैनिक हाम्रो घरमा प्रयोग हुने चिजलाई प्रयोग गरेर पनि वास्तु दोषलाई हटाउन सकिन्छ । प्राय हामी सबैको घरमा फिटकिरीको प्रयोग हुने नै गर्छ ।

फिटकिरीका धेरै फाइदा छन् स्वास्थ्यको लागि भन्ने त हामी सबैलाई थाहा छ । तर त्यही फिटकिरी प्रयोग गरेर पनि हामीले आफ्नो घरमा भएको वास्तुदोष हटाउन सकिन्छ ।

आज हामी तपाईलाई फिटकिरीले कसरी वास्तुदोष हटाउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिन गइरहेका छौ ।

वास्तु दोष फिटकिरीबाट यस्तो तरिकाले हटाउन सकिन्छ :

यदि फिटकिरीलाई सही दिशा वा सही स्थानमा राख्ने हो भने यसले वास्तु दोष हटाउने काम गर्छ साथै आर्थिक समस्या पनि केही हदसम्म ठिक हुन्छ ।

यदि तपाईंको घर वरिपरि भग्नावशेष भइसकेको घर छ भने तपाईं आफ्नो घरको ढोका नजिकै फिटकिरी पक्कै पनि राख्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, यदि घरको वरिपरी चिहान छ भने पनि फिटकिरीको प्रयोग गर्नुहोस् ।

यदि घरको झ्याल वा ढोका नजिकै तपाईं फिटकिरी राख्नुहुन्छ भने तपाईंको घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।साथै एउटा कचौरामा फिटकिरी राखेर बाथरुममा राख्नुहोस् । हरेक महिना यो परिवर्तन गर्नुहोस् । बाथरुमबाट पनि दूषित पदार्थ निस्कने भएकोले फिटकिरीले यहाँको ऊर्जा पनि शुद्ध गराउने मान्यता राखिन्छ ।

एउटा कालो कपडामा फिटकिरी बाँधेर राख्नुहोस् । यसलाई यसरी राख्नुहोस् कि घरमा आउने कुनै पनि व्यक्तिको नजर यसमाथि नपरोस् । यस्तो गर्दा घरमा कहिले पनि धनको कमी हुँदैन ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्