Logo
२ जेष्ठ २०८१, बुधबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमित पठनपाठनको माग गर्दै महोत्तरीमा विद्यार्थीले गरे चक्काजाम

प्रदेश नं २ स्थित महोत्तरीमा विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज बुधबार बिहान पिपराचोकमा चक्काजाम गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने, ‘प्रधानाध्यापक मनोज ठाकुर, गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरी, उपाध्यक्ष ननु कुमारी दास, शिक्षा शाखाका दुखरन चौधरीलगायत विद्यालय व्यवस्थापन समितिले समेत विद्यार्थीको पठनपाठनमा कुनै ध्यान दिईरहेका छैनन् । उनीहरु मात्र कमिसन र भ्रष्टाचारमा लिप्त छन् । यस्तोमा हाम्रो भविष्य अन्धकारमा धकेलिने खतरा छ’, ।

गाउँपालिका प्रमुखले शिक्षामा कुनै किसिमको ठोस कार्यक्रम लागू नगरेकोले आफुहरुलाई बाध्यतावस आन्दोलन गर्नुपरेको विद्यार्थीहरु बताउँछन् ।

विरोध प्रदर्शनमा कक्षा ९ र १० मा अध्ययनरत दर्जनौं छात्र छात्राहरुको सहभागीता रहेको थियो ।उनीहरुले विद्यालयमा नियमित रुपमा पठनपाठन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: Feb 3, 2021

प्रतिक्रिया दिनुहोस्