Logo
३१ बैशाख २०८१, सोमबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध सर्वोच्चमा आज पनि बहस जारी

संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आज पनि बहस जारी रहेको छ ।

आजको वरिष्ठ अधिवक्ता सुशील पन्तको बहसले निरन्तरता पाउनेछ । हिजोबाट बहस शुरु गरेका पन्तको बहस नसकिएकाले आज निरन्तरता दिन लागेका हुन् ।

सोमबारदेखि संवैधानिक इजलासमा सरकारका तर्फबाट बहस सुरु भएको छ ।सरकारको पक्षबाट बहस गरेका पूर्व महान्यायाधिवक्ता समेत रहेका पन्तले संविधान निर्माताको आशय नभई धारामा के छ भनेर हेर्नुपर्ने बताए ।

संविधान निर्माण गर्दा के के छलफल भयो, कुन सदस्यले के बोलेका थिए भन्दा पनि संविधानमा लिखित के छ भन्ने हेर्नुपर्ने उनको जिकिर थियो ।

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसदलाई अनुशासनमा राख्न पनि विघटन गर्नु स्वभाविक भएको दाबी गरे । संविधानमा प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने उल्लेख भएको तर प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने भन्ने उल्लेख नभएको उनको तर्क थियो ।

हिजोको बहसमा पन्तलाई न्यायाधीशहरुले प्रश्न सोधेका थिए । तर, अदालतको समय समाप्त भएकोले सबै प्रश्नको जवाफ उनले दिन पाएनन् ।

त्यसैले आजको बहसका क्रममा पन्तले न्यायाधीशहरुले साधेका प्रश्नको जवाफ दिने छन् ।

प्रकाशित मिति: Feb 3, 2021

प्रतिक्रिया दिनुहोस्