Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालकद्वारा वीरगञ्जमा प्रदर्शन

प्रदेश नं २ स्थित वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालकहरुले प्रदर्शन गरेका छन् ।

अटो रिक्सा व्यवसायी संघका अध्यक्ष अफजल अन्सारीको नेतृत्वमा वीरगञ्ज महानगर कार्यालय अगाडि शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेको हो ।

महानगरले ई-रिक्सा दर्ता, रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै चालकहरुले विरोध गरेका हुन् ।

यातायात व्यवस्था कार्यालय सवारी शाखामा सवारी दर्ता गरी सञ्चालन गर्दै आएको तर महानगरमा पुनः दर्ता गरी रुट परमिट निर्धारन हुने सूचना प्रकाशित भएपछि दर्ता बिना सञ्चालनमा रहेका ई-रिक्सा चालकहरुलाई समस्या भएको चालकहररुले गुनासो गरेका छन् ।

पर्सामा करिब १५ सय ई(रिक्सा र पेट्रोलबाट चल्ने अटो(रिक्सा सञ्चालनमा रहेपनि वीरगञ्जम महानगरमा मात्र करिब ४ सय मात्र दर्ता गरी सञ्चालनमा छन् । २०७२ सालको नाकाबन्दीपछि वीरगञ्जमा अचानक ई(रिक्साको प्रयोग बढेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साले ई-रिक्साको सञ्चालनले वीरगञ्ज शहरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि वीरगञ्ज महानगरलाई ई-रिक्सा सञ्चालनको लागि अनुमतिसहितको सिफारिस नगर्न निर्देशन दिँदै नयाँ ई-रिक्सा दर्तामा रोक लगाएको थियो ।

माघ २० गते अगाडि दर्ता नगराएका ई-रिक्सा र अटो-रक्सा दर्ता नगरे नियन्त्रणमा लिने जिल्ला ट्राफिक कार्यालय पर्साले चेतावनी समेत दिएका छन् ।

प्रशासनले यातायात व्यवस्था कार्यालयलाई नयाँ दर्तामा वीरगञ्ज महानगरमा रुट परमिट नदिन रोक समेत लगाए तपानि अहिले पनि नयाँ दर्ता जारी रहेको छ ।

वीरगञ्ज महानगरले पनि दर्ता प्रकृया अगाडि बढाउँदै ३२ वटा वडाभित्र १० वटा रुट निर्धारण गरी दर्ता प्रकृया अगाडि बढाएको छ । गत २०७६ सालमा महानगरमा ३४७ वटा ई-रिक्सा दर्ता भई सञ्चालनमा रहेका छन् ।

वीरगञ्जमा ई-रिक्सा सञ्चालनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको र त्यसलाई व्यवस्थित बनाउनु जरुरी रहेको छ।

महानगरले दर्ताको लागि फेरि सूचना प्रकाशत गरेकोमा ५० जनाले निवेदन दिएको र सवारी साधनको क्षमता अनुसार ४ हजारदेखि ९ हजार शुल्क तिरेर दर्ता तथा रुट परमिट दिने तयारी रहेको छ।

 

प्रकाशित मिति: Jan 29, 2021

प्रतिक्रिया दिनुहोस्