Logo
१५ बैशाख २०८१, शनिबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड भन्छन् : ‘केपी ओलीलाई तह लगाउन सकेनौं’

नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीको गलत प्रवृतिलाई तह लगाउन नसकेको जनतासामु बताएका छन् ।

आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा बोल्दै दाहाले तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको भन्दै जनतासामु आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्देै उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

दाहाले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको पनि स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे ।

दाहाले अघि भने, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’

 

 

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्