Logo
२३ बैशाख २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभक्ति हुन पत्रकारहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा देशभक्ति हुनुपर्ने बताएका छन् । बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले पहिलो कुरा सबै नेपाली साँचो अर्थमा देशभक्ति हुनुपर्ने बताएका छन् । देशभक्ति नभएकाहरु नेपाली होइनन् । नागरिकतामा हुन्छन् तर साँचो अर्थमा नागरिक होइनन् उनले भने ।

उनले भने, ‘हामी बिकाउ वस्तु होइनौँ, काम गरेको ज्याला लिन्छौँ तर आत्मा बेच्दैनौँ, आत्मा बेच्ने होइन ।’

प्रधानमन्त्री ओलीले सम्पूर्ण पत्रकारहरुलाई सर्वप्रथम देशभक्ति हुन आग्रह गरेका छन् । उनले नेपाली संस्कार तथा भाषा प्रयोगको कुरा उल्लेख गर्दै आफ्नै भाषा शैलीलाई अनुसरण गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्