Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा आज ट्रम्पको बिदाई, बाइडनको शपथ ग्रहण

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइटहाउसबाट विदा हुदैँछन् ।

ट्रम्पको आज चार वर्षे कार्यकाल पुरा भई ह्वाइटहाउसबाट बिदा हुन लागेका हुन् । ट्रम्पले बिदाइको सम्बोधन गर्दै भिडियोमार्फत नयाँ प्रशासनलाई जिम्मेवारी सुम्पिने बताएका छन् ।

उनले एक भिडियो सन्देशमा भनेका छन्,‘म बुधवार नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै छु, तपाईँहरूले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’

ट्रम्प विदाईसँगै आज नयाँ कार्यकालका लागि नव निर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।

ट्रम्पले बाइडनलाई सत्ता हस्तान्तरण गर्ने छन् ।शपथ लगत्तै बाइडेनले आज देखि अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा आजैबाट कार्यभार समाल्नेछन् ।

ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना छ ।

शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । डिसीमा मात्रै १० हजार नेशनल गार्ड तैनाथ गरिएको छ ।

 

प्रकाशित मिति: Jan 20, 2021

प्रतिक्रिया दिनुहोस्