Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकाउमा पहिलोपटक चाटर्ड उडान गर्दै नेपाल एयरलाइन्स

पहिलोपटक मकाउमा नेपाल एयरलाइन्सको चाटर्ड उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ ।

जहाज भोली बुधबार विहान करीव १० बजे काठमाडौंमा अबतरण गरिसक्ने कम्पनीले जनाएको छ । मकाउ पर्यटकीय क्षेत्र भएकाले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएको र निगमको लागि निकै महत्वपूर्ण रहेको कम्पनीले बताएको छ ।

अहिले मकाउमा जाने नेपालीले हङकङ वा चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् । तर, हङकङले कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित हुने गर्छन् ।

हङकङ र मकाउ दुबै चीन स्वशाशित क्षेत्र हुन् । नेपाल एयरलाइन्सले मकाउबाट १४७ जना यात्रुलाई काठमाडौं ल्याउने छ ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्