Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशको गाँउगाँउमा मिटरब्याजी : विराटनगरमा थप एक मिटरब्याजी पक्राउ

तराई-मधेशको गाँउगाँउमा मिटरब्याजी सकृय छन् । खासगरी गरिबलाई थोरै पैसा दिएर धेरै पेसाको कागज बनाउने, जग्गा जमिन पास गरेर मात्र पैसा दिने र चर्को ब्याज लिएर उठिबास लगाउने कार्यहरु जतातै हुँदै आएको छ ।

यसैबीच गैरकानूनी मिटरब्याज धन्दा चलाएको आरोपमा प्रदेश १ स्थित विराटनगरमा अर्का मिटरब्याजी पक्राउ परेका छन् ।

८ लाख रूपैयाँ ऋण दिएर ७५ लाख रूपैयाँ असुल्न खोजेको आरोपमा मोरङको रंगेली नगरपालिका ६ मधुवनीका ५५ वर्षिय बिनोद मण्डल पक्राउ परेका हुन् ।

पूर्व शिक्षक मण्डललाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डल रंगेली रेडक्रस सोसाइटीको सभापति पनि छन् । उनलाई मिटरब्याजमा लगानी गरेर पैसा असुली गाउँका सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले ठगी मुद्दामा आइतबार पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेका मण्डलबाट अरु पनि ठगीमा परेको हुनसक्ने भएकोले प्रहरीले सबै तिरबाट अनुसन्धान अगाडी बढाएको छ । मण्डलले कति जनालाई कति ठगी गरे त्यो पछि अनुसन्धानबाट खुल्ने मोरङ प्रहरीले जनाएको छ ।

मण्डलले रंगेली ५ का श्याम नारायण मण्डललाई चार वर्षयतादेखि विभिन्न मितिमा जग्गा धितोमा राखेर ८ लाख रुपैयाँ ऋण दिएका थिए ।

श्याम नारायणले छोरीको नाममा रंगेलीको आपगाछीमा रहेको ३ बिघा जग्गा मण्डलको नाममा नामसारी गरेपछि २०७१ साउन १ गतेदेखि ०७५ चैत २८ गतेसम्म ८ लाख रुपैयाँ ऋण दिए ।

ऋणको ब्याजसहित फिर्ता गर्दापनि उनले जग्गा फिर्ता दिएनन् । ब्याजको स्याज जोडदा ८ लाखको ८० लाख भयो । ७५ लाख रुपैयाँ दिए मात्र जग्गा फिर्ता दिने अडान कसेपछि बाध्य भएर प्रहरीमा उजुरी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

ठगी आरोपमा पक्राउ परेका मण्डललाई प्रहरीले पक्राउ गरेपछि मिलापत्र गराउन काँग्रेसको जिल्लादेखि केन्द्रीय नेताहरूले दबाव दिएको थियो । मोरङ प्रहरीले दबावको बिच ओरोपीलाई पक्राउ गरि म्याद गरि अनुसन्धान सुरु गरेको हो ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्