Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षको समर्थनमा

नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका नेता रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षमा खुलेका छन ।

सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता चौहानले नेकपाको केन्द्रीय सदस्यमा बहुमत भएको पक्षमा लागेको खुलासा गरेका छन ।

उनले अबको आन्दोलनमा प्रचण्ड–माधव नेपाल पक्षलाई साथ दिने बताएका छन । उनले संसदित संसद पुनःस्थापना हुनुपर्ने भन्दै जनतामाथि अन्याय अत्याचार गरेकाहरु माथि घृणा गर्दै आन्दोलनमा होमिने बताएका छन ।

तत्कालिन एमालेका पुर्व जिल्ला सचिव समेत मानिएका चौहान एमालेका लोकप्रीय नेता हुनुहुन्छ । नेता चौहान कुन पक्षमा लाग्छन् भन्नेमा चर्चा आएको थियो ।

चौहानले पत्रकार सम्मेलनमा भने, प्रचण्ड माधव नेपालले उठाएको एजेण्डा सहि भएको बताए । हिन्दुखबरका अनुसार उनले विघटित संसद पुनःस्थापनाका लागी आन्दोलनमा सबैलाई होमिन पनि आव्हान गरेका छन ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्