Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती सेवामा सिधै प्रवेशको माग सहित प्रदेश २ सरकारसमक्ष सहिद परिवारद्वारा २० बुँदे माग प्रस्तूत

तत्कालिन मधेशी आन्दोलनमा ज्यान गुमाएका सहिद तथा घाइते परिवारले प्रदेश २ सरकारसँग विभिन्न २० बुँदे माग गरेका छन् ।

जसमा एक सहिद परिवार एक रोजगार कार्यक्रमको व्यवस्था मिलाउन, प्रदेश सरकारले सहिद परिवारलाई दिने जागिरलाई निजामती सेवा सुविधा दिनुपर्ने लगायतका माग छन् ।

त्यसैगरी सहिद घोषणा हुन बाँकी रहेकालाई सहिद घोषणा गर्नुपर्ने, सहिद परिवार तथा घाइतेहरुको फोटो सहितको राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनु पर्ने, सहिद परिवार तथा घाइते परिवारका बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गनुपर्नेलगायतका माग राखिएको छ ।

उनीहरुले परिवार तथा घाइते हकहित संघर्ष समिति नै गठन गरेर प्रदेश सरकारसँग २० बुँदे माग राखेका हुन् ।

सो समितिमार्फत यसअघि प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतलाई १४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको थियो भने सरकारको आग्रह अनुसार सहिद परिवारले त्यो माग सार्वजनिक गरेका थिएनन् ।

तर उनीहरुको मागप्रति त्यहाँको सरकारले कुनै सुनुवाई नगरेपछि थप ६ बुँदे माग राख्दै आज बलिदानी दिवसको अवसरमा २० बुँदे माग राखेर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्