Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

प्रदेश नं १ स्थित सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान-१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

मोटरसाइकलमै सवार धरान-१० का साइल तुलाधर घाइते भएका छन् ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्