Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषको निर्णयमा दफा लेखिदैन भने न्यायाधीशहरूलाई मैले कहिल्यै भेटेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले कहिल्यै पनि नभेटेको बताएका छन् । उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।

रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि नेताहरुद्वारा मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए ।

नेकपा दाहाल-नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

उनले केहि नेताहरुद्वारा मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए ।

नेकपा दाहाल-नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

प्रकाशित मिति: Jan 16, 2021

प्रतिक्रिया दिनुहोस्