Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय समकक्षी जयशंकर र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता, खोपको विषयमा छलफल

पराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीचभेटवार्ता भएको छ ।

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री ज्ञवाली  र भारतीय समकक्षी एस जयशंकरबीच आज भेटवार्ता भएको हो।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीविच भेटवार्ता भएको हो ।भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोप सहयोगका विषयमा केन्द्रित भएर छलफल भएको छ ।

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला पनि सहभागी थिए ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक जारी छ ।

प्रकाशित मिति: Jan 15, 2021

प्रतिक्रिया दिनुहोस्