Logo
२ जेष्ठ २०८१, बुधबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टरलाई मौसम खराबी भएपछि गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारीका अनुसार पालुङटार नगरपालिकाको आँपपीपल क्षेत्रमा हेलिकोप्टरलाई आकस्मिक अवतारण गराइएको हो ।

काठमाडौंबाट पर्वतका लागि उडान भरेको हेलिकोप्टर गोरखामा अवतरण गरिएको हो । मौसम खराबी भएपछि हेलिकोप्टरलाई आकस्मिक अवतरण गराइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवा कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै थिए । उक्त हेलिकोप्टरमा देउवासँगै नेताहरू गोपालमान श्रेष्ठ र अर्जुन पनि जोशी सवार थिए । हेलिकोप्टर मौसम सफा भएपछि गन्तव्यतर्फ जाने स्वकीय सचिवले बताएका छन् । ।

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्