Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको भद्रकालीमा बस पल्टियो, चालकसहित ३ जना घाइते

बाग्मती प्रदेश स्थित काठमाडौंको रत्नपार्क-भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस आज बिहान दुर्घटना भएको छ ।

सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएका अनुसार थानकोट चन्द्रागिरि नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस बिहान पौने ८ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

प्रहरी वृत्तका अनुसार दुर्घटनामा बसका चालक नुवाकोट भेरीकोटका २४ वर्षीय अर्जुन तामाङ, भक्तपुर निवासी २८ वर्षीया विमला बुढा मगर र उनकी छोरी ६ वर्षीया नितु घाइते भएका छन्।

घाइतेमध्ये चालकको अवस्था अलि गम्भीर छ भने दुई यात्रुको अवस्था सामान्य रहेको प्रहरी जानकारी दिएको छ ।

घाइतेहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। बसमा ४-५ जना मात्र यात्रु रहेको र अरु सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्