Logo
१९ बैशाख २०८१, बुधबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको राजनैतिक नौटंकी र जोक्करमा परिणत भएको छ : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको रजनैतिक ‘नौटंकी’ र ‘जोक्कर’ मा परिणत भएको बताएका छन् ।

आज नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए ।

उनले अहिलेका सचेत नागरिक ‘नौटङ्की’ र ‘जोक्कर’ को पछाडि कोही नलाग्ने समेत दाबी गरे ।अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।

‘हामी यहाँ कुनै प्रर्दशन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौं’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ ।’

उनले थपे, ‘पार्टी एकताका बेला हामीले गरेका सबै प्रतिवद्धताअनुसार अघि बढेका छौँ। यसमा विश्वास गर्न सबैलाई अपिल गर्छु।’

तर ओली समूहलाई लक्षित गर्दै बाहिर नौटंकी प्रस्तुत भइरहेको दाहालले आरोप लगाएका छन् । उनले भने, ‘यहाँ यथार्थ भन्दा बाहिर गएर नौटंकी भइरहेका छ। कहिलेकाहीँ विछिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ। उनीहरुको तर्क सुन्दा साथीहरु जोकर भएको जस्तो लाग्छरु त्यो सोध्न मन लाग्छ– चार सय ४१ जना सदस्य भएको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ पुर्‍याउन विधानले दिन्न।’

प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए । सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्