Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधवजी मेरो पक्षमा र म माधवजीको पक्षमा गएको होइन, हामीले एकता गरेका हौं : प्रचण्ड

संसद् विघटन पछि दुइ चिरा परेको नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले ओली समुहले माधव -नेपालको समुहमा गएको भनेर भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।

आज पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘माधव नेपाल प्रचण्डको पक्षमा गयो भन्ने होइन, माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा हामीले एकता गरेका हौं ।’

उनले आफूहरु जालझेल गर्ने पक्षमा समेत नरहेको बताएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा इमान्दारिता नरहेको बताउँदै भने, ‘केपीको उद्देश्य बेइमानी रहेछ, जालझेलको छलछामको रहेछ । छलछाम पनि नांगै हुने गरी गर्नुहुन्छ । त्यो नांगै गरेको छलछाम मलाई धेरै भन्न पनि लाज लाग्छ ।’

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्