Logo
१९ बैशाख २०८१, बुधबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वासिङ्टनमा ट्रम्प समर्थकले फैलाएको हिंसामा मर्नेको संख्या ४ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले वासिङ्टनस्थित संसद भवनमा गरीएको हतियारसहित हिंसात्मक प्रर्दशनमा परी चार जनाको मृत्यु भएको छ।

ट्रमपका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन भित्र छिरेर तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी र प्रहरीबिच भएको थियो ।

मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ।

अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो।

अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन्।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले संसद भवन परिसरमा प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्