Logo
१९ बैशाख २०८१, बुधबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको ३० लाख हिनामिना गरेको भन्दै रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस

नेकपा ओली समूहको सुदूरपश्चिम कमिटी बैठकले नेकपा नेता भीम रावललाई पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ ।

ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।

अहिले नेकपा विवाद भएपछि ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

द्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो ।

ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् ।

ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेखेका छन्, ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।’ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्