Logo
१९ बैशाख २०८१, बुधबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद भवनमा आक्रमण गरेपछि ट्रम्प समर्थक र प्रहरीबिच झडप, १जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनभित्र तोडफोड गरेका छन् ।

ट्रमपका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन भित्र छिरेर तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एकजनाको ज्यान गएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले संसद भवन परिसरमा प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा एक जना मारिएका छन् ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरे ।

ट्रम्पले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गरेका छन् भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट पारे ।

उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो ।

झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिएका छन् ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्