Logo
१९ बैशाख २०८१, बुधबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटन ओलीको गणतन्त्र र संघीयता सिध्याउने कदम हो : नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओलीको प्रतिनिधिसभा बिघटन अहिलेको राजनीतिक व्यवस्था सिध्याउने कदम भएको आरोप लगाएका छन् ।

आज अन्तरपार्टी अन्तरक्रियामा बोल्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको राजनीतिक व्यवस्था नै सिध्याउन लागि परेको आरोप लगाएका हुन् ।

नेपालले कुनै हालतमा अहिलेको राजनीतिक व्यवस्था सिध्याउन नदिने बताए । नेपालले ओलीको कदमलाई असंवैधानिक भन्दै संसद पुनःस्थापनाबाटै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

देशमा गणतन्त्र, संघीयता र समावेशी समानुपातिक व्यवस्थाविरुद्धको कदमलाई सफल हुन नदिइने बताए । प्रधानमन्त्री ओलीमा कुर्सी छाड्नुपरे कुर्सी नै फोड्ने, घरझगडा भए घरै आगो लगाइदिने शैली भएको नेपालको आरोप थियो । उनले केपी ओलीबारे भने,‘उनमा सत्ता उन्माद छ ।’

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्