Logo
१९ बैशाख २०८१, बुधबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध अनेरास्ववियूले गर्यो दिउँसै लालटिन बालेर प्रदर्शन

नेकपा प्रचण्ड-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्।

उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।

रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।

प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलनको कार्यक्रम नै घोषणा गरेको छ।

 

 

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्