Logo
१५ बैशाख २०८१, शनिबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको विशेष अधिवेशन आजबाट सुरु हुने

गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजे  सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो ।
पहिलोपटक बोलाइएको बैठकमा जनसरोकारका विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशससभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए ।

जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारमा ६० जना सांसद छन् । जसमध्ये सभामुख बाहेक ३९ जना नेकपाका छन् । नेकपाका पनि ओली पक्षका २७ र प्रचण्ड- माधव पक्षका १२ जना छन् ।

नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सदस्य छन् ।

प्रकाशित मिति: Jan 5, 2021

प्रतिक्रिया दिनुहोस्