Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ ।

दाङको लमहीमा भएको फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुईरदुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

उसका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए ।उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता बनेको एपीएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५र२५ हजार रुपैयाँ पाएका छन् ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्