Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब लोडसेडिङ हुदैन, प्राविधिक कारणले विद्युत आपूर्तिमा अवरोध हुनेगरेको छ : प्राधिकरण

सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

अन्य प्राविधिक कारणले केहि समयका लागि विधुत काटिएका बेला लोडसेडिङको हल्ला फिजाउने गरिएको आरोप प्राधिकरणको रहेको छ ।

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे ।

अहिले नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको शाक्यले बताए ।

केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ छ ।

उनले अनावश्यक रुपमा विजुली काट्ने काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्न समेत उनले आग्रह गरे ।

यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि बताए । कोभिड-१९ महामारीका समयमा विद्युत चुहावट पहिले भन्दा डेढ प्रतिशत बढेको र यसलाई ८ महिनाभित्रमा पुरानै स्थितिमा ल्याउने पनि शाक्यले बताए ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्