Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ४२६ जनामा कोरोना पुष्टि, ७४८ संक्रमणमुक्त, ८ को मृत्यु

नेपालमा आज थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टाभित्रमा ५ हजार २२५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ।

आज थप ७४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा अहिलेसम्म कोरोना निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको मन्त्रालयले जनाएको छ।

आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।

 

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्